• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एनपीएलको ट्रफी सार्वजनिक, ट्रफीमाथि राखियो ढुंगा

काठमाडौं, १० मंसिर /  नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरेको छ । त्यससँगै ट्रफीमा राखिएको एक वस्तु चर्चाको विषय बनेको छ ।

क्यानले सार्वजनिक गरेको ट्रफीको सबैभन्दा माथि एउटा ढुंगा देखिन्छ । यही ढुंगाले सामाजिक सञ्जालमा चर्चा कमाइरहेको छ ।

किन राखियो ट्रफीमाथि ढुंगा ? 
क्यानका अनुसार, ट्रफीमा राखिएको ढुंगा सगरमाथा क्षेत्रस्थित कालापत्थरको हो । क्यानका सचिव पारस खड्काले नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्न ट्रफीमा ढुंगा राखिएको प्रस्ट पारे । उनले यो ट्रफीले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

“सगरमाथाको काखमा रहेको कालापत्थरबाट ल्याइएको ढुंगा यस ट्रफीको मुख्य आर्कषणको रूपमा रहेको छ । एनपीएलको ट्रफीले नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्‍याउने आशा राखेका छौँ,” उनले भने, “यसले हाम्रो प्राकृतिक सम्पदाको संरक्षण गर्न झकझक्याउनेछ ।”

निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थर क्षेत्रबाट उक्त ढुंगा ल्याएका हुन् । सचिव खड्काले उक्त पत्थर ल्याउन सहयोग गरेकामा यी दुई पर्वतारोहीप्रति धन्यवाद व्यक्त गरे ।

काठमाडौंको धरहरा परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी अनावरण गरेका थिए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँगै प्रतिस्पर्धी आठै टिमका मार्की खेलाडी समेत उपस्थित थिए ।

सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.