• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सभापति नहुँदा समितिका काम सुस्त

धनगढी,८ मंसिर । सुदूरपश्चिम प्रदेश सभा मातहतका विषयगत समितिको काम सुस्त बनेको छ । चारमध्ये तीन संसदीय समितिको सभापति चयन हुन नसक्दा ती समितिको कामकाजमा ढिलासुस्ती भएको हो । तत्कालीन सभापतिहरू सरकारको मन्त्री नियुक्त भएपछि सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति कैयौँ महिनादेखि सभापतिविहीन छन् । काम चलाउनका लागि ती समितिको सभापतित्व समितिका ज्येष्ठ सदस्यले ग्रहण गर्दै आउनुभएको छ ।

सभापतिको निर्वाचन हुन नसक्दा समितिका कामले गति लिन नसकेको सामाजिक विकास समितिका सदस्य धर्मराज पाठकले बताउनुभयो । “सभापतिको निर्वाचन चाँडै हुनु पर्छ,” उहाँले भन्नुभयो, “किनभने सभापति नहुँदा समितिले जुन हिसाबले काम गर्नुपर्ने हो, त्यस अनुसार काम हुन सकिरहेको छैन ।”

‘मिनी पार्लियामेन्ट’ मानिने संसदीय समितिले सदन र सरकारको निगरानी गर्ने कार्य गर्छन् । सरकारले गरेको कामको अनुगमन गर्ने, प्रतिवेदन बनाउने र सुझाव दिने कार्य समितिको हो तर सभापतिको चुनाव नहुँदा यी कार्य प्रभावकारी रूपमा हुन नसकिरहेको समिति सदस्य पाठकको बुझाइ छ ।

अहिले विधायन तथा प्रदेश मामिला समिति मात्रै पूर्ण छ । सो समितिको सभापति दिवानसिंह विष्ट रहनुभएको छ । सभापतिविहीन सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी विक्रमसिंह धामी, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको जिम्मेवारी मानबहादुर रावल र सामाजिक विकास समितिको सभापतिको जिम्मेवारी शिवराज भट्टले निर्वाह गर्दै आउनुभएको छ ।

सभापतिविहीन समितिको सभापति चयनका लागि सभामुख भीमबहादुर भण्डारीले केही महिनाअगाडि नै निर्वाचन मिति तय गर्नुभएको थियो तर सत्तारूढ प्रमुख दल नेपाली कांग्रेस र एमालेबिच भागबन्डा नमिल्दा निर्वाचन हुन सकेन । खास गरेर सत्ता साझेदार दुई दलबिच समितिको सभापति पाउने विषयमा सहमति हुन नसकेपछि निर्वाचन हुन नसकेको नेकपा ९एमाले० को नेतासमेत रहनुभएका समिति सदस्य पाठकले बताउनुभयो ।

तोकिएको निर्वाचन हुन नसकेपछि अहिलेसम्म तीन समितिले नेतृत्व पाउन सकेका छैनन् । समितिका नेतृत्वकर्ता नहुँदा समितिले काम गर्न नसकिरहेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले बताउनुभयो ।

अहिले प्रदेश सभाको अधिवेशन सञ्चालनमा नरहेकाले तत्काल सभापति चयन गर्न सक्ने अवस्था पनि नरहेको जनाइएको छ । प्रदेश सभाको हिउँदे अधिवेशनको मिति निश्चित हुन सकेको छैन । प्रदेश सभामा छलफलका लागि जनताबाट थुप्रै एजेन्डा आइसके पनि सरकारले सभा सञ्चालन गर्न अग्रसरता नदेखाएको चौधरीको जिकिर छ ।

शनिबार, मङि्सर ०८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.