• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

यु–१९ का ३ महिला क्रिकेटर एसपीए कलेजद्वारा पुरस्कृत 

धनगढी , ७ मंसिर / तीन महिला क्रिकेटर र एक प्रशिक्षकलाई एकमुस्ट एक लाख पुरस्कार र सम्मान पत्र प्रदान गरिएको छ । उन्नाइस वर्षमुनिका उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै युएईमा सम्पन्न टी–२० महिला क्रिकेट प्रतियोगितामा सहभागी सुदूरपश्चिमका तीन खेलाडी र उक्त टोलीका सहायक प्रशिक्षक लाई शुक्रवार एक कार्यक्रमका बिच पुरस्कार तथा सम्मान गरिएको हो ।

धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजले आफ्नो सभा हलमा सयौँ विद्याथीहरु तथा विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा उनीहरूलाई नगद र सम्मान पत्रद्वारा सम्मान गरेको हो ।

कार्यक्रममा उन्नाइस वर्षमुनि उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै यु–१९ टी–२० महिला विश्वकप २०२५ का लागि एसिया क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई मलेसियामा हुने यु–१९ महिला विश्वकप २०२५ मा छनौट गराउन महत्त्वपूर्ण योगदान दिएका यु–१९ महिला टोली सदस्य मनीषा उपाध्याय (कैलाली), स्नेहा महरा (कैलाली), सावित्री धामी (कञ्चनपुर) र महिला सहायक प्रशिक्षक जानकी भट्ट (बैतडी) लाई उहाँहरूको ऐतिहासिक योगदानको कदर गर्दै सामाजिक उत्तरदायित्व अन्तरगत जनही २५/२५ हजार नगद र सम्मान पत्र सहित सम्मान गरिएको एसपीए कलेका क्याम्पस प्रमुख योगराज उपाध्यायले जानकारी दिए ।

सम्मानित हुनेहरू मध्ये खेलाडी मनीषा उपाध्याय तथा सहायक प्रशिक्षक जानकी भट्ट एसपीए कलेजकै विद्यार्थी हुन । मनीषाले प्लस टु तथा जानकीले स्नातक एसपीए कलेजबाट पढेकी हुन ।

क्याम्पस प्रमुख योगराज गौतमले सुदूर पश्चिमाञ्चल एकेडेमी र खेल पर्यायवाची नै भएकाले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सँगै समग्र देशको शिर उच्च पार्ने खेलाडीहरू लाई कलेजले सधैँ हौसला दिइरहेको बताउँदै एसपीए कलेज समाजका हरेक सकारात्मक कार्यहरूमा हिस्सेदार बन्न खोजिरहेकोले प्रदेशकै गौरव गर्न लायक शैक्षिक संस्थाको रूपमा स्थापित भइरहेको बताए ।

सम्मान कार्यक्रममा बोल्दै एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले खेलाडीहरूको अथक मेहनतेले नेपाल विश्वकपको यात्रामा पुग्न सफल भएको भन्दै उहाँहरूलाई थोरै भए पनि हौसला मिलोस् भनेर क्याम्पसले नगद सहित सम्मान गरेको बताए । उनले सुरुसुरुमा सपना ठुलो देख्दा मान्छेले गिज्याए पनि लगनशील भएर निरन्तर खटिरहने हो भने सफलता टाढा नरहेको बताए । अब विश्वकप छनोट मात्र नभई जित्ने गरी नै तयारी गर्नुपर्ने शाहीको भनाई थियो ।

सम्मानपछि बोल्दै खेलाडी मनीषा उपाध्यायले देशका लागि खेल्न पाउँदा आफूलाई गर्व लागेको र आगामी दिनमा खेल्नका लागि थप ऊर्जा मिलेको बताउँदै आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण पढाइ अगाडी बढाउन गाह्रो भइरहेको बेला एसपीए कलेजले छात्रवृत्ति दिएर आफूलाई पढ्न सजिलो भएको बताउँदै आफ्नो कलेज सधैँ धन्यवादको पात्र भएको बताइन् ।

खेलाडी द्वय स्नेहा महरा र सावित्री धामीले नगद सहित सम्मान गरेकोमा एसपीए कलेजलाई धन्यवाद दिँदै यो सम्मानले आफूहरूको आत्मविश्वास थप बढेको बताउँदै आफूहरू अबको समय मलेसियामा हुने यु–१९ महिला विश्वकप २०२५ को तयारीमा जुट्ने बताइन् ।

सहायक प्रशिक्षक जानकी भट्टले एसपीए कलेजबाट आफूले माया, हौसला, सहयोग सब थोक पाएको भन्दै एसपीए कलेजकै कारण आज यो ठाउँमा रहेको बताइन ।

यसका साथै एसपीए कलेजमै कार्यरत क्रिकेटर स्नेहा महराका बुवा राम सिंह महराले खुसी व्यक्त गर्दै छोरीलाई विश्वकप सम्म पुर्‍याउन सहयोग गर्ने प्रशिक्षक तथा सम्पूर्ण सहयोगीहरू र एसपीए कलेज परिवारलाई सम्मानको लागि हार्दिक धन्यवाद ज्ञापन गरे ।

शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.