• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

लोपोन्मुख गिद्धका भेटिए चौध गुँड

धनगढी,७ मंसिर । बैतडीमा लोपोन्मुख गिद्धका १४ वटा गुँड भेटिएका छन् । प्रकृतिको कुचीकारका रूपमा चिनिने लोपोन्मुख गिद्ध संरक्षणका लागि नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको खोजी गर्दा बैतडीका विभिन्न स्थानमा हिमाली खैरो जातको गिद्धले गुँड लगाएर प्रजनन गरिरहेको पाइएको छ ।

अध्ययनले बैतडीमा बस्ने गिद्धको प्रजनन क्षमता ७५ प्रतिशत रहेको पाइएको छ । बैतडीका विभिन्न स्थानमा गिद्धबारे अध्ययन गर्दा पाटन नगरपालिका–८ को खोड्पे आसपासका अग्ला भिरमा लोपोन्मुख गिद्धका गुँड भेटिएका हुन् । त्यसै गरी सँगै जोडिएको क्षेत्र डडेलधुरामा डँगर गिद्धको पनि गुँड भेटिएको छ ।

नेपालमा पाइने नौ किसिमका गिद्धमध्ये सुदूरपश्चिमको कञ्चनपुर र कैलालीपछि पहाडी जिल्ला बैतडीमा सबैभन्दा बढी गिद्धको वासस्थान रहेको नेपाल पन्छी संरक्षण सङ्घको धनगढीस्थित प्रदेश कार्यालयका हिरुलाल डगौराले बताउनुभयो ।

बैतडीमा खैरो जातको अति सङ्कटापन्न गिद्धका साथै सुन, सेतो, डँगर, राज, हिमाली खैरो, हाडफोर प्रजातिका लोपोन्मुख गिद्ध भेटिएको उहाँले बताउनुभयो । नेपाल पन्छी संरक्षण सङ्घका पदाधिकारीले गिद्ध संरक्षणका लागि बैतडीलगायत सुदूरपश्चिमका विभिन्न जिल्ला पुगेर गिद्धको खोजी गर्ने कार्य गरिरहेको जानकारी दिनुहुँदै डगौराले बैतडी जिल्ला गिद्धको सुरक्षित वासस्थानका रूपमा उपयुक्त देखिएको बताउनुभयो ।

आहारको कमी, डढेलो चुनौती

वातावरण सन्तुलनका लागि प्रकृतिको कुचीकार गिद्धको संरक्षण गर्नु अनिवार्य मानिए पनि पछिल्लो समय पहाडी जिल्लामा आहारको कमी हुँदै गएको छ । किसानले मरेका पशुचौपाया खाल्डोमा गाड्ने गर्दा आहारको कमी हुन थालेको छ भने डढेलोका कारण गिद्धका गुँड सङ्कटमा पर्ने गरेका छन् ।

पछिल्लो समय बिरामी पशुको उपचारमा डाइक्लोफेनक नामको औषधी पूर्ण रूपमा बन्द भएकाले गिद्धलाई कुनै असर नपरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका पशु चिकित्सक डा। विशाल पाठकले बताउनुभयो । हाल मरेका पशु खाने गिद्धलाई असर पर्ने कुनै औषधी प्रयोगमा छैन । आहाराको कमीसँगै बैतडीमा डढेलो अर्को चुनौती रहेको विज्ञ हिरुलाल डगौराले बताउनुभयो । उहाँले नेपालमा गरिएका विभिन्न अध्ययनले विगतका दुई दशकमा गिद्धको सङ्ख्या ९० प्रतिशत घटेको बताउनुभयो ।

गएको चैत वैशाखमा गिद्धले गुँड लगाएकै स्थान पाटन नगरपालिका–८, ९ र १० का वनमा भीषण आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराउँदा पनि नियन्त्रण हुन नसकेको पाटन नगरपालिका–१० का वडाध्यक्ष धनवीरसिंह कुँवरले बताउनुभयो ।

डडेलोसम्बन्धी सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम हुँदै आएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले जानकारी दिनुभयो ।

शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.