• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

लोप हुँदै पानीघट्ट

धनगढी,७ मंसिर । बाजुरामा परम्परादेखि सञ्चालन हुँदै आएका ग्रामीण क्षेत्रका पानीघट्ट पछिल्लो समय लोप हुँदै गएका छन् । यहाँका गाउँबस्ती विद्युत्को पहुँचमा आएसँगै मिलको बढ्दो प्रयोग हुन थालेपछि ग्रामीण क्षेत्रका खोलामा पहिला सञ्चालन हुँदै आएका पानीघट्ट बिस्तारै लोप हुँदै गएका हुन् । गाउँमा आधुनिक विद्युतीय मिल सञ्चालन भएपछि यहाँ सञ्चालन भएका पानीघट्ट बिस्तारै लोप हुन थालेको बुढीगङ्गा नगरपालिका स्थानीय महिला कमला नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला यहाँका खोलामा चल्ने गरेका पानीघट्टमा मकै, गहुँ, कोदो, चामललगायतका खाद्यान्न पिसेर दैनिक गुजारा चलाउँदै आएका थियौँ । हामी जस्ता गरिबलाई यसले जीविकोपार्जन गर्न निकै सहज बनाएको थियो ।”

अहिले यहाँका सबै गाउँबस्ती विद्युतको पहुँच भएसँगै हुनेखानेले त्यसबाट मिल सञ्चालन गरेपछि यहाँका स्थानीयले त्यसैमा अन्न पिस्ने गरेकाले पानीघट्ट बिस्तारै लोप हुन थालेका हुन् । जसका कारण हाम्रो यो व्यवसाय मात्र लोप नभएर पहिलाको संस्कार र संस्कृतिसमेत हराउँदै गएको नेपालीले बताउनुभयो ।

अहिलेको मिलभन्दा पहिला खोलामा सञ्चालन हुने गरेका पानीघट्टको पिठो निकै राम्रो र स्वादिलो हुन्थ्यो । त्यो पिठोबाट बनाएको रोटी, सेलपुरीलगायतका सामग्री पनि राम्रा हुन्थे । “खान पनि सहज हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले मिलमा पिसेको पिठो खस्रो र दलिएको हुन्छ । त्यसको रोटी पनि राम्रो हुँदैन र पिठो पनि फारु ९धेरै टिक्दैन० हुँदैन । धेरै खर्चिलोसमेत हुन्छ ।”

पानीघट्टमा अन्न पिस्न जाँदा पिसेबापत पिठो दिए दिने चलन थियो । अहिले मिलमा पैसा लिने गर्दछन् । पैसा नहुनेका लागि यो निकै समस्या भएको नेपालीले बताउनुभयो । पहिलाका पानीघट्ट गाउँदेखि एकदेखि दुई घण्टाको दुरीमा हुन्थे । अहिलेका विद्युत्बाट सञ्चालन भएका मिल गाउँमै सञ्चालन भएका छन् । अहिलेका नयाँ पुस्ता टाढा जान अल्छी गर्नाले पनि गाउँका मिल बढी प्रयोग हुने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।

शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.