धनगढी, १७ कार्तिक/फिल्म ‘मिसिङः केटी हराएको सूचना’को देशभर अटोमा पोस्टर क्रममा धनगढीमा पनि शुक्रबार पोस्टर टास गरेको छ । यही कार्तिक ३० गतेमा रिलिज हुने नेपाली चलचित्र मिसिङ केटी रहेको सूचनाको धनगढीको एसटिएस सिनेमा हलको प्राङ्गण र चौराहा अटोमा पोस्टर टाँस गरेको चलचित्र पत्रकार संघ धनगढीका उपाध्यक्ष बिवेक नागरिले जानकारी दिएका छन् ।
फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाहको विशेष भूमिका छन्।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता र अमितेष शाह सहायक निर्मातामा छन्।
अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन, राजिव कर्णको कोरियोग्राफी, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर छ।