• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दशैँ आयो है

लबदेव धामी
धनगढी, ५ असोज /  अब नेपालका गाउँबस्तीमा दशैँ सुरु हुन जम्मा १५ दिन बाँकी छन्। यति बेला गाउँबस्तीहरुमा मान्छे दिन दिनै बढ्दै गएका छन् , अझ भनु गाउँघरमा जमघट हुन थालेको छ । सायद लाग्छ अव गाउँबस्तीमा शुन्यता छाउने छैन सधैँको लागि यी मान्छे गाउँमा फर्केका हुन तर यसो पक्कै पनि हैन मात्रै यो भिडभाड र जमघट दशैँको लागि  मात्रै हो भन्दा फरक नपर्ला ।

बिस्तारै केहीँ दिनको लागि भए पनि यी सहर सुनसान हुने छन् , यहाँको चहलपहल कम हुने छ , अझ भनुँ मरो गाउँमा म आफैँ बर्ष दिन पछि गएर दशैँ मनाउने छु । विदेशीएका साथीहरुसँग मिठो भलाकुसारी गर्ने समय जुर्ने छ , खेतमा पाकेका धानबाली सरी सबैको मुखमा केही समयको लागि भए पनि पहेलो घाम लाग्ने छ । रातो टिका र जमरा जस्तै यो मन सफा हुने छ र दशैँको पिङसरी यो मन अझै चञ्चल चञ्चल हुँदै जाने छ । बुढा बाआमाको अनुहारमा आएको चाउरी पनि छोरा , छोरी बर्षौँ पछि घरको आगनमा देख्दा आफैँ हराएको महसुस गर्ने छन् । सायद उनीहरु पनि आफ्नो उमेर अझै आधा पनि नभएको महसुस गर्ने छन, किन की अब दशैँ आएको छ ।

उसो त दशैँका १० दिन त हुन्, तर ती १० दिन १ बर्ष पछि सबैको लागि फर्केर आएका छन् । अर्थात् सबैको पिडा , वेदना , रोग , व्याधी , चिन्तासँगै बर्ष भरीको एक्लो पन समेत हटाउन आएका दिन हुन त्यसैले अरु दिन भन्दा यी १० दिन ज्यादै मूूल्यवान छन् । बर्ष भरीको खाइ नखाइ गरेको भोको पेटले आरम्सँग खान पाएको छ , यात्रुहरुको यात्राले विश्राम पाएको छ , गाउँले बुढा बाआमाका पखुराले पनि अराम पाएको छ , बालकले स्कुलको झोला बोक्दा बोक्दा लागेको थकाई मेटाउन पाएको छ , प्रदेशीले साहुको टोकाइ सुन्न परेको छैन् , कर्मचारीहरले सेवा ग्राहीको किच किच सुन्न परेको छैन् , सरकारले पनि शुभकामना मात्रै दिए पनि गुनासो नपाउने समय आएको छ , हो त्यसैले त दशैँ आएको छ ।

यति मात्रै कहाँ होर पुतली र माहुरीहरुले पनि त टन्न पारेर पेटै फुल्ने गरी फूलको रस चुस्न पाएका छन् । उता कोएलीको स्वरमा झनै संगीत भरिएर आएको छ , धुर्त कागहरु थाकेर बसेका छन् । हो यसैले सबैको लागि दशैँ आएको छ , फेरी १० दिन सबै रमाउने छन् ।

धार्मिक पुस्तकहरुमा लेखिए अनुसार माता दुर्गाले बेला बेला दुख दिने राक्षसहरुको नास गरेको खुसीयालीमा दशैँ मनाउने चलन चलेको मानिन्छ । यता जे लेखिएता पनि अधिकांशको नयाँ आयम थप्न र जीवनलाई नयाँ गति दिन एउटा विशेष समय बोकेको चाडपर्व दशैँ हो । कतिले दशैँ बर्ष दिनमा निको नौलो खान आएको हो भन्लान , कति घुम्न जान आएको हो भन्लान त कति भाइचारालाई अझ मजबुत बनाउन आएको हो पनि भन्लान यी सबै तर्क सही पनि छन् । दशैँ सबैको लागि थोरै समय भए पनि खुसी दिन आएको हो । यसमा जो जसरी खुसी हन्छन दशैँ त्यही तरिकाले मनाउछन् ।

पछिल्लो समयमा दशैँ पनि फेरिएको छ , बुढा बाआमा भन्दा हामी जसरी फेरिएका छौँ , ती बुढा बाआमाले मनाउने दशैँ भन्दा हामीले मनाउदै आएको दशैँमा फरकपन पाइन्छ । यो पक्कै पनि राम्रो संकेत भने हैन , जसरी पछिल्लो समयमा जुवा खेल्ने , जाँडरक्सि सेवन गर्ने, जसरी पनि दशैँमा मासु खानै पर्ने , छिमेकीको भन्दा महङ्गा लुगा लगाउने , बढी दक्षिणा दिने परम्पराले आश्रय पाउदै आएको छ । यसले आज र भोली आउने नयाँ पुस्तालाई राम्रो सन्देश दिदैन , यो हाम्रो संस्कृति नभई संस्कृतिमा फैलिदै गएको विकृति हो ।

हाम्रा पुर्खाले मनाउँदै आएको दशैँमा गाउँ भरिका बुढापाखा , युवायुवति , तन्नेरी , बालक सबै एकै ठाउँमा भेला हुन्थे ,ठुला देखि सानालाई टिका लगाउथे ठुलाको आशिष लिने गर्थे तर आजभाली यो पनि कतै कतै फट्फुट रहेता पनि अधिकांश ठाउँमा आयातित संस्कार भनुँ या यी सहरीयाहरुको एकल काँटे संस्कार भनुँ दिन दिनै हावी भैरहेको छ ।

अब हाम्रो दशैँलाई कस्तो मनाउने र यी आउने पुस्तालाई कस्तो हस्तानतरण गर्ने यो सबै हाम्रो हातमा छ । त्यसैले दशैँ सबैको लागि दशैँ हुनु पर्छ नकि कसैको लागि दसा, कसैको लागि चारैतिर तमासा यो एकदमै हाम्रो मौलिकता माथिको ठुलो प्रहार मात्र हुने छ । अब हामीले दशैँलाई चड्किलो ,भड्किलो भन्दा पनि हाम्रो संस्कार , संस्कृति सहितको सभ्य र भव्य मनाउन लाग्नु पर्छ ।

अन्त्यमा २०८१ सालको नजिकै आउदै गरेको नेपालीहरुको महान चाड तथा खुसीको महोत्सव दशैँको सबैलाई मंगलमय शुभकामना …….।

शनिबार, असोज ०५, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.