धनगढी, १९ भदौ / यति बेला देशभर तिजको रौनकता दिन प्रतिदिन बढ्दै गएको छ। तिजको रौनकतालाई थप रौनकता प्रदान गर्न प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर इकाइले पनि तिज विशेष दर खाने कार्यक्रम गरेको प्राज्ञिक विद्यार्थी परिषद् धनगढी नगर इकाइकी सचिव गीता जोशीले बताइन्।
प्राज्ञिक विद्यार्थी परिषद् सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारीहरु, कैलाली बहुमुखी क्याम्पस इकाईका पदाधिकारी र नगर इकाइमा दायित्व बोकेका पदाधिकारीहरुको उपस्थितिमा आज प्राज्ञिक विद्यार्थी परिषद् सुदूरपश्चिम प्रदेशको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको धनगढी नगरका सह-सचिव दिपक बहादुर चन्दले बताए।
प्राज्ञिक विद्यार्थी परिषद्ले देशभर कार्यकर्ताका बिचमा आपसी सम्बन्ध प्रगाढ होस् भनेर तिज बिषेश कार्यक्रम गरिरहेको छ । यस्तै धनगढीमा पनि कार्यकर्ता र शुभचिन्तकहरूको उपस्थितिमा उक्त कार्यक्रम गरेको प्राज्ञिक विद्यार्थी परिषद् सुदूरपश्चिम प्रदेशका सचिव प्रेम बोहोराले बताए।