धनगढी, ३ साउन / बझाङमा पहिरोले घर भत्काउँदा ४ जनाको मृत्यु भएको घटना प्रति समबेदना व्यक्त गर्दै नेपाली कांग्रेस बुङ्गल नगरपालिकाका नगर सभापति नरेश बहादुर थापाले शोक वक्तव्य जारी गरेका छन् । शोक वक्तव्य जारी गर्दै उन्ले पहिरो पिडित परिवारको लागि स्थानीय , प्रदेश र संघका सरकार सँग राहतको माग गरेका हुन् ।
आफुलाई यो घटनाले ठुलो पिडा बोध गराएको छ , यो मेरो घरमै आइलागेको प्राकृतिक प्रकोप हो । पहिरोले एकै घरका ४ जनासँगै घर समेत लगेकाले बाँकी परिवारका सदस्यलाई घरविहीन बनाएको हुनाले सरकारले जति सक्दो चाँडो राहतको व्यवस्था गर्नुपर्ने थापाले शोक वक्तव्य मार्फत बताएका छन् ।