धनगढी, २ भदौ/ सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको सयुक्त आयोजनामा नवौं गौरा महोत्सव हुने भएको छ । धनगढी उपमहानगरपालिकाको वाड न-१ मा रहेको खुला मञ्चमा भदौ ८, ९ र १० गते गौरा महोत्सव सञ्चालन गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि एन जोशीले बताए।
हरेक वर्ष गौरा पर्वको महत्व झल्किने गरी आयोजना हुदै आएको गौरा महोत्सव यस वर्ष पृथक तरिकाले आयोजना गरिने उपकुलपति जोशीले प्रज्ञाप्रतिष्ठानको सभाहलमा आयाजित पत्रकार सम्मेलनमा वताए।
यस बर्ष बाट डेउडा समुदायलाई मात्रै केन्द्रित नगरी विद्यालय स्तरीय डेउडा प्रतियोगिता पनि समावेश गरेको डेउडा प्रतिष्ठानका अध्यक्ष दल बहादुर बोगटीले बताए। डेउडा प्रतियोगितामा डेउडा हाल्ने अप्रतियोगी डेउडीयालाई समेत सम्मान गरिने छ । साथै चर्चित डेउडीयाको उपस्थितिमा गौरा महोत्सव सम्पन्न गरिने अध्यक्ष बोगटीले बताए।
विद्यालय स्तरीय सहभागि भएको डेउडाको टिमलाई प्रतियोगितामा समेटिने र प्रतियोगी समुहहरुको पोशाक , शब्दचयन , पैतली अन्य यावत बिषयमा आधारीत भएर निर्णायकहरुले गरेको मूल्याङ्कनका आधारमा नतिजा निकालिने छ ।
डेउडा प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार १ सय ११, द्वितीय हुनेलाई ७ हजार ७ सय ७७ , तृतीय हुनेलाई ५ हजार ५ सय ५५ र सान्त्वना हुनेलाई ३ हजार ३ सय ३३ नगद सहित प्रमाणपत्र प्रदान गरिने डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवश चन्दले बताए ।