धनगढी,१५ साउन । सुदूरपश्चिमाञ्चल महिला जागरण उथान संस्थाले कञ्चनपुरको दोधारा चाँनदी नगरपालिका–३ पटरा खल्लाका बाढीपिडीत एक महिलाई राहत सहयोग गरेको छ । मंगलबार सस्थाले मनिसा सुनारलाई खाद्यान्न, लुगाकपडाको साथै सुत्केरी स्याहारको सामग्री सहयोग गरेको हो ।
बाढीपिडीतमा परेकी सुत्केरी महिला मनिसा सुनारलाई संस्थाको तर्फबाट राहत सहयोग गरिएको महिला जागरण उथान संस्थाकी अध्यक्ष नन्दा देवि खत्रीले बताइन् ।
जोगबुडा नदीको भंगालो बस्ती पसेपछि वाढीले घरमा भएको अन्न, रासनपानी सरसमान संगै बस्तुभाउ बगाएपछि सुनारको परिवार ज्यान जोगाउन एक विद्यालयमा बस्दै आएका छन् ।
सुत्केरी सुनारका भारतमा मजदुरी गर्न गएका छन् भने उनले पहिलो सन्तानको रुपमा छोरी जन्माएको ७ दिन भएको छ । पटरा खल्लाका बाढीपिडितहरु अझै सम्म बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । उनिहरु अझै सम्म जमुना आधारभुत बिद्यालयमा आश्रय स्थल लिएर बस्दै आएका छन् ।
पटरा खल्लाका घरहरु क्षती देखि खेतबारी बालुवामा परिणत भएपछि उनीहरु घर फर्किन सकेका छैनन् । अबिरल वर्षा संग जगबुडा नदीको भंगालो बस्ती पसेपछि पटरा खल्लाका वाढी पीडित अझै घर फर्किने अवस्था नभएपछि बाध्य भएर विद्यालयमै बस्नु परेको सुनारको भनाई रहेको छ ।
महिला जागरण संस्थानकी अध्यक्ष खत्रीले २०५३ साल देखि महिला हकहितको लागि संगठीत यस संस्थाले महिलाहरुलाई तालिम दिने र विभेदमा परेकाहरुको उद्धारको लागि आजाव उठाउने काम गर्दै आएको बताएकी छन ।
