धनगढी , १५ साउन / धनगढीमा कलाकार र पत्रकारको सामुहिक खिर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कलाकार र पत्रकार बिचको आपसी सम्बन्धलाई अझ प्रगाढ पार्ने उद्देश्यका साथ कार्यक्रम गरिएको चलचित्र पत्रकार संघ सुदूरपश्चिमका अध्यक्ष पत्रकार पुष्पराज जोशीले बताए ।
सुदूरपश्चिका अग्रज, अनुज कलाकार र पत्रकारको उल्लेख्य उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रम धनगढीको प्रेस कल्वको सभाहलमा गरिएको पत्रकार तथा चलचित्र पत्रकार संघका सुदूरपश्चिम सचिव कृत बिष्टले बताए ।
कार्यक्रममा कलाकारहरुले आफ्नो विगत र वर्तमानमा रहेको अवस्थाबारे जानकारी गराएका थिए । साथै पत्रकार र कलाकार एक जुट भई सहयात्रा गरेर अगाडि बढ्नु पर्ने कार्यक्रममा सहभागि भएका अधिकांश कलाकार पत्रकारको धारणा रहेको थियो ।