धनगढी,१५ साउन/ धनगढीमा छालाको अस्पताल बनाउने भनि बनाएको अवैध संरचना उपमहानगरपालिकाले भत्काएको छ । धनगढी उपमहानगरपालिका ७ मा स्थानीय बासी र स्थानीय सरकारलाई ठगेर बनाएको संरचना उपमहानगरपालिकाको निर्देशनमा नगर प्रहरीले भत्काएको उपमहानगरपालिका प्रहरी प्रमुख पदम बहादुर गैरेले बताएका छन् ।
छालाको अस्पताल बनाउने भनेर केहीँ व्यक्तिले चर्च बनाएको केही दिन अगाडि जानकारीमा आएको र थप अनुसन्धान गर्दा बनाएको भौतिक संरचनाको नै नक्सा पास नभएको पाइए पछि उपमहानगरपालिकाले भत्काएको हो ।
सोझा स्थानीयलाई विभिन्न प्रलोभन देखाएर धर्मको प्रचार गर्न र्चच बनाएकोमा असन्तुष्ट रहेका स्थानीय अहिले उपमहानगरपालिकाको यो निर्णय उपयुक्त रहेको आम जनमानसको धारणा रहेको छ ।