धनगढी, ६ जेठ / प्रगतिशील लेखक सङ्घ नेपाल कैलालीको आयोजनामा स्रष्टा सृजना प्रस्तुति कार्यक्रम २०८१ कैलाली बहुमुखी क्याम्पसमा गरिएको छ । नयाँ प्रतिभा खोजका लागि प्रगतिशील लेखक सङ्घले कार्यक्रम गरेको आयोजकले बताए।
सम्पुर्ण प्रगतिशील लेखक एक होऔँ भन्ने मर्मलाई आत्मसात् गरेर प्रगतिशील लेखक सङ्घले प्रकाशित गर्ने मुखपत्रको लागि विवरण सहित वाचन भएका रचना मुखपत्रमा समेत प्रकाशित गर्ने प्रगतिशील लेखक सङ्घ नेपाल कैलाली अध्यक्ष ओमप्रकाश पुनले बताए ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घका पदाधिकारी, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक, विद्यार्थी नेता र विद्यार्थीहरुको उपस्थिति रहेको थियो। उपस्थित सम्पुर्णले साहित्यिक रचनालाई प्रस्तुत गरेको प्रगतिशील लेखक सङ्घ कैलालीका सदस्य दशरथ धामीले बताए ।