धनगढी, २४ वैशाख / प्रथम लालसलाम कपको उपाधि कैलाली बहुमुखी क्याम्पसले हात पारेको छ । धनगढी रंगशालामा वैशाख २० देखि जारी क्याम्पस स्तरीय भलिबल प्रतियोगीताको उपाधि ऐश्वर्य बहुमुखी क्याम्पसलाई हराउदै कैलाली बहुमुखी क्याम्पस विजयी भएको हो ।
आज विजेता उपविजेताको लागि भएको खेलमा ३-० को सेटले ऐश्वर्य बहुमुखी क्याम्पसलाई हराउँदै कैलाली बहुमुखी क्याम्पसको “ए” टिम प्रतियोगीताको विजेता टोली बनेको छ ।