खुट्टा छदैं छन् हिडेरै जाउँला
रोड बाटो पनि बनाउनु पर्दैन
छोडिदेउ
हात हातमा मोबाइल छन्
उज्यालो छदैं छ
बिजुली पनि बाल्नु पर्दैन
छोडिदेउ।
हाम्रा बलिया पाखुरा छदैं छन्
कोहि बिमारी भए स्वास्थ चौकी
काँध मैं बोकेर लगौँला
एम्बुलेन्स पनि छोडिदेउ
आजका बर्ष सम्म त
पानी बिना कसैको घाँटी सुकेको थिएन
आज किन चाह्योरु
तिमी भार नउठाउ
पानी पनि छोडिदेउ।
खेल मैदान पनि ठिकै छ
खेतमै खेलौँला
खेल मैदान पनि छोडिदेउ
अबसर पाए त्यो सबै मैले ल्याउँला,
मेरो टाउकोमा छोडिदेउ
तिमी मेरो गाउँठाउ
समाजमा शान्ती ल्याइदेउ
वडा अध्यक्ष खनबाहादुर।
पारस भट्ट प्यासी ,
सुदुरपश्चिम बैतडी