५ , वैशाख / चर्चित गायिका एलिना चौहान आज बुधबार विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बाग्लुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् ।
आज एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह भएको हो । विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ।
विष्णु एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका हुन् । सापकोटा दुलहाकै पहिरनमा सजिएर जन्तीसहित झापा पुगेका थिए ।
यी दुईले केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा विवाहमा परिणत गरेका छन् । एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन् । उनको धोकेबाज गीत निकै चर्चामा चलिरहेको छ । त्यस्तै गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।