काठमाण्डौ, २९ चैत / सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानगरपालिकाकी सब-इन्जिनियरसहित दुई जना पक्राउ परेका छन् ।
पोखरा महानगरकाे नक्सा शाखामा कार्यरत सब-इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले आज पक्राउ गरेको हो ।
उनीहरूको साथबाट सेवाग्रहीसँग लिएको १ लाख ५० हजार रुपैयाँ पनि बरामद भएको छ । उनीहरूले घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ मागेका थिए । पोखरा–५ का अध्यक्ष विष्णुप्रसाद बरालकाअनुसार अहिले प्रारम्भिक अनुसन्धान जारी छ ।