कैलाली, २४ चैत्र / कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय सुखडले पहलमानपुर,सुखड र साडेपानी बजार बाट कच्चा पदार्थसहित ४६० लिटर घरेलु मदिरा बरामद गरिएको हो । शनिवार पहलमानपुर,सुखड र साडेपानी बजार बाट बरामद गरिएका घरेलु मदिरा नष्ट गरिएको हो ।
४६० लिटर अवैध मदिरा बरामद गरी नष्ट गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र कुमार पालले जानकारी दिए । बरामद गरिएको मदिरा घोडाघोडी उद्योग वाणिज्य सङ्घका प्रतिनिधि,जनप्रतिनिधि र पत्रकारको उपस्थितिमा नष्ट गरिएको उनले जानकारी दिए ।गोप्य सूचनाका आधारमा शनिवार बिहानको समयमा पहलमानपुर,सुखड र साडेपानी बजारका विभिन्न होटलहरुमा छापा हानिएको प्रहरीले उनले जानकारी दिए ।
बढ्दो घरेलु हिंसा र समाजमा हुने गरेका विभिन्न आपराधिक गतिविधिको रोकथामका लागि प्रहरी लागी परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । समाजलाई सभ्य र सुरक्षित राख्न प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र कुमार पालले सबैमा आग्रह गरेको छन् ।