धनगढी, १९ चैत / सुदरपश्चिम प्रदेशका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन्रा। रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ।
एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।
यसै अवसरमा सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।