धनगढी २९ फागुन/ आगलागी बाट क्षेति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परिक्षण गरेर मात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागि बाट पुलको १४ वटा सपोट डोरीमा आंशिक क्षेति पुगेको छ । पुलमा तत्कालको आगि यातायात आवागमन बन्द गरीएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इञ्जीनियर निरज शाक्यले बताए । उनले भने “ हामि घटना स्थलमा राति नै पुगि सकेका छौंं । मंगलबार विहान अर्को प्राविधिकको विशेषज्ञ टोली आउदै छ । पुलको परिक्षण नहुदा सम्म पुल माथि सवारी आवागमन बन्द गरेका छौं ।
कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिए पछि सुदुरपश्चिमका विभिन्न जिल्ला बाट संघिय राजधानी काठमाडौं तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की,टीकापुर हुदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको रूट प्रयोग गर्न सबैलाई अग्रह गरिएको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरिक्षक हरिराम डाँगीले बताए। काठमाडौ तथा अन्य जिल्ला बाट सुदुरपश्चिम प्रदेश भित्रीने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको रूट प्रयोग गर्न प्रहरी निरिक्षक डाँगीले बताए ।
कर्णालीको पुुलमा गुड्दै गरेको अवस्थामा सोमबार साँझ ४स्१७ बजे पुुर्व बाट पश्चिम तर्फ आउदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासि आजलागि भएको थियो । लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दिया बाट आएको दम्कल, नेपाली सेना, शसस्त्र प्रहरी, ननेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो ४ घण्टा ४७ सेकेन्ड पछि राति ९ बजे पुर्णरूपमा नियन्त्रणमा आएको प्रहरी निरिक्षक डाँगीले बताए। आगो नियन्त्रण पछि जलेको ट्रक समेत राति नै लम्कीचुहा नगरपालिकाको डोजर प्रयोग गरि हटाईएको छ ।
आईतबार दिउँसो ४ बजेतिर बिरगञ्जबाट लाईटर ११ सय काटुन लोड गरेर हिडेको ट्रक सोमबार ४स्१७ बजे कर्णाली पुलमा पुगेको कञ्चनपुर कृष्णपुरका ३६ बर्षिय ट्रक चालक जगनाथ जोशीले बताए।
चालक जोशीले भने हामि दिउँसो ४ बजेर १५ मिनेटमा बर्दिया राष्ट्रिय निकुञ्जको चिसापानी चेक पोष्टमा पुगेका थियौं । त्या चिट दिएर अगाडि बढ्यौ । गाडीमा लोड भएकोले हामी ४०-५० को गतिमा नै गाडी चलाई रहेका थियौ । पुलको नजिक पुग्दा गाडिको गति ८ देखि १० को गतिमा मात्र थियो ।
ट्रक चालक जगनाथ जोशीले भन्ने “ चेकपोस्ट बाट केही समयमा कर्णाली पुलमा पुग्दा पुलमा भिडियो बनाईरहेका एक युवले कराउदै अंकल ट्रकमा आगो भन्दै चिच्याउदा तल झरेर हेर्दा पछाडी आगो लागेको थाहा भयो ।”हामी आत्तियौ । ट्रक थोरै पछाडि लिए । पछाडी बस भएकोले पुल बाहिर निकाल्न सकिएन ।
पर्साको न्यु वागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राईजेजको एघार सय लाईटर कञ्चनपुरको शिवओम इन्टरप्राईजेजको भएको ट्रक चालक जोशीले बताए। आगलागि हुने क्रममा ट्रकमा कञ्चनपुर कृष्णपुरका ३६ बर्षिय चालक जगनाथ जोशी र सह चालक दार्चुला शैलेश्वरी ८ का २४ बर्षिय सहचालक धिरज जोशी रहेका थिए । दुबै जना सकुशल प्रहरीको नियन्त्रणमा रहेका छन । आगलागि भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताए । आगलागि बारे अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।
आगलागि बाट १ करोड १५ लाख ६८ हजार बराबरको ट्रकमा रहेको १ हजार १ सय काटुुन लाईटर जलेको छ । ट्रक समेत पुर्णरूपमा जलेको छ । चालक जोशीले कपिलवस्तु बाट ताप्लेजुङमा सिई हाइड्रो कन्ट्रक्सनको सामान ढुवानी वाफत बुझेको नगद ५७ हजार पनि जलेको बताए । नगद र सामान गरी १ करोड १६ लाख २५ हजार बराबरको क्षेती भएको छ । क्षेतिको अन्य विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
एसिया कै नमुना पुलको रूपमा रहेको कर्णाली पुल पर्यटनको गन्तव्य स्थलको रूपमा समेत रहेको थियो । एक खम्बाको सहायताले मात्र रहेको पुल हेर्ने देश तथा छिमेकी मुलुक भारत बाट पर्यटनक आउने गरेका लम्कीचुहा नगरपालिका ३ का वडा अध्यक्ष लवबहादुर शाहीले बताए।