गजल
प्रकृतिले दिने सौरव अनि सुवास एउटै हो ,
हरेकको धडकनमा धडकिने त्यो सास एउटै हो।
सदभाव र प्रेमिल मन बाँडनु छ यहीँ धरामा,
यति बुझ हामी बस्ने धर्ती र आकास एउटै हो ।
पिउनेले पनि त एक्लै कहाँ पिउँछ र ,
प्याला अलग अलग भए पनि प्यास एउटै हो।
गरिबको लास होस धनीको पाथीक शरीर ,
चिता माथि सुताएको त्यो लास एउटै हो।
पञ्चामृत बेचेर होलीवान पिउनेहरुलाई के भन्नु ,
विदेशीका दलादल भन्नू या दास एउटै हो
🖋️ दशरथ धामी
दार्चुला / हाल धनगढी, कैलाली