धनगढी, १५ फागुन / धनगढी शिवनगर ५ मा रहेको चैतन्य पाठशालाद्वारा चैतन्य बाल साहित्य सम्मेलन सम्पन्न भएको छ । आज मंगलबार बिद्यालयकै प्राङ्गणमा बाल साहित्य सम्मेलन आयोजना गरिएको हो ।
चैतन्य पाठशालाका पिटीए अध्यक्ष ईश्वर गिरीको सभाध्यक्षमा भएको बाल साहित्य सम्मेलनमा प्रमुख अतिथी साहित्यकार बद्री सर्मा बिनाडी रहेका थिए । चैतन्य बाल साहित्य सम्मेलनको स्वागत मन्तब्य ब्यक्त गर्दै प्रधानाध्यापक कटक सिँहले शिक्षासहित संस्कारको सिकाईरहेको चैतन्यले बिद्यालय तहबाटै ज्ञानगुनका कुरा उजागर गरिरहेको बताए ।
बिद्यालय तहबाटै बिद्यार्थीहरु बिभिन्न रचनात्मक कृयाकलापसहित यस्ता साहित्य क्षेत्रको माध्यमबाट उनीहरुको सिप कला क्षमता र ज्ञानगुनका कुराको बृद्धि विकास हुने बताए ।
यस्तै चैतन्य पाठशालाका सीइओ गणेशप्रसाद जोशीले पाठशालाले २० वर्षपछि काम लाग्ने शैक्षिक गुणस्तरीय शिक्षा दिइरहेको बताएका छन्। विद्यालयमा वेद र विज्ञानलाई सँगसँगै पढाइरहेको र विद्यार्थीहरूलाई अहिलेको समय परिवेश अनुसार आवश्यकता परेको शिक्षा अनुकूल स्मार्ट बोटबाट समेत पठनपाठन गराइरहेको जानकारी दिए ।
कार्यक्रममा कैलाली बहुमखी क्याम्पसका सहायक प्राध्यापक गणेश प्रसाद जोशीले बाल साहित्य सम्मेलनले बिद्यार्थीको चौतर्फी बिकास गर्न सहयोग गरेको भन्दै आयोजकलाई धन्यवाद दिएका छन् ।
महाकाव्यकार मनिराज जोशी, साहित्यकार यज्ञराज जोशी यात्री, कैलाली बहुमखी क्याम्पसका प्राध्यापक सिताराम भट्ट, सुदुरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष, तीर्थराज पाण्डेय,उपाध्यक्ष रुपा श्वांर, डेउडा गायक सुरत रावत डोटेली कान्छा, राजेन्द्र शाह बिपी, साहित्यकार तारा पल्लवी, डिल्लीराज जोशी, तोयनाथ भट्ट, डिल्लीराज ओझा, गणेश नेपाली, भिमदत्त बिनाडी, सितल खड्का,सिब नारायणी दहित, पुस्पराज पाण्डे अभिभावक ,विध्यार्थी,लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सञ्चालन शिक्षिका हेमा जोशीले गर्नु भएको थियो ।