गजल
हाम्रो कुराकानी हुदैन पहिला जति कुरै मिल्दैन ।।
फरक छ सफलता मेरो छैन प्रगति कुरै मिल्दैन।
गन्तव्य एउटै हो देश परिवर्तन गर्ने तर बाटो फरक छ।
साथीको राजनीति मेरो निजामती कुरै मिल्दैन ।।
पहिला भन्दा बाठो भएको छ उ मञ्च थर्काउँछ अचेल ।
यता म झन् झन् सोझो हुँदै गएको छु अति कुरै मिल्दैन
अखबार पढ्छ अखबार लेख्छ अखबार मै छापिन्छ ऊ
म पढिरहन्छु कार्यालयका कार्यपद्धति कुरै मिल्दैन।।।
मलाई हजारौँ पेजको पुस्तक, कलम र कापी मनपर्छ।
उसको पत्रिका, कन्टेन्ट र क्यामेरा सम्पति कुरै मिल्दैन
लेखक पदम धामी
बैतडी सिगास/ हाल धनगढी कैलाली