लवदेब धामी
धनगढी , २७ माघ / धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा पाँच दिने साहित्य तथा वाक कला कार्यशाला आज समापन गरिएको छ। क्याम्पसमा रहेको ऐश्वर्य साहित्य प्रतिष्ठानको आयोजनामा माघ २३ देखि कार्यशाला गरिएको हो ।
सबै मान्छेसँग के न के प्रतिभा हुन्छ तर सबैसँग आफु भित्रको प्रतिभा देखाउने तरिका र प्रस्फुटन गर्ने क्षमता नभएकाले कति मान्छे पछि परेको तथ्यलाई आत्मसात् गरि कार्यक्रमको आयोजना गरिएको ऐश्वर्य साहित्य प्रतिष्ठानका महासचिव भरत साउदले बताए।
कार्यशालामा सहभागी भएकाहरुलाई उद्घोषण तालिम, गजल र कविता लेखन सम्बन्धि प्रशिक्षणका साथै रेडियो तथा टेलिभिजन उद्घोषण र समाचार लेखन सम्बन्धि प्रशिक्षण दिइएको प्रतिष्ठानका महासचिव साउदले बताए।
यस्तो कार्यक्रममा सहभागी हुने अवसर पाउन मुस्किल हुने भएपनि ऐश्वर्य साहित्य प्रतिष्ठानले यो अवसर प्रदान गरिदिएकोमा खुशी लागेको कार्यक्रममा सहभागी भई प्रतिष्ठानले कार्यशालाको समापनमा आयोजना गरेको गजल साँझ कार्यक्रमकी सञ्चालिका अक्षता बमले बताइन् ।
प्रतिष्ठानले आज बृहत रुपमा गजल साँझको आयोजना गरी ५ दिने कार्यशालालाई समापन गरेको हो । गजल साँझमा ऐेश्वर्य र कैलाली बहुमुखी क्याम्पसमा पढ्ने विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको प्रतिष्ठानका महासचिव साउँदले बताए ।