• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

साइबर हिंसा दिनानु दिन बढ्दै, न्यायिक प्रक्रिया फितलो

काठमाडौँ, ८ भदौ / सामाजिक सञ्जाल र मिडियामार्फत अनेक किसिमले प्रताडित हुनुभयो– नायिका करिस्मा मानन्धर। सहनै नसक्ने अवस्थामा पुगेपछि उपचार खोज्दै उहाँ नेपाल प्रहरीको साइबर ब्युरो पुग्नुभयो र आफूमाथि साइबर हिंसा गर्नेलाई कारबाही गराउन माग गर्दै अदालतसम्म पुग्नुभयो। उहाँले भन्नुभयो, “म सार्वजनिक व्यक्ति त हुँ तर मेरो पनि आफ्नो निजी जीवन छ, जोसुकैले जथाभाबी रूपमा भन्न वा लेख्न पाइन्न भनेर म उपचार खोज्न गएकी हुँ।”

कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ पनि यस्तो हिंसाबाट पीडित हुनुहुन्छ। प्रदेश नामकरणको विषयलाई लिएर आफूमाथि अनेकौँ लान्छना सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत आइरहेको उहाँले बताउनुभयो।

उहाँहरू अनलाइन हिंसा भोग्ने प्रतिनिधि पात्र हुनुहुन्छ। कतिपय अवस्थामा कहाँ जाने र के गर्ने भन्ने अन्योलले पनि हिंसा भोग्नेहरू चुप लाग्नु परेको बाध्यता अपाङ्ग महिला सङ्घकी देवु पराजुली बताउनुहुन्छ। उहाँको संस्थामा रहेका हिंसापीडित अपाङ्गता भएका महिलामाथि नै दाता बनेर आएका प्रतिष्ठित व्यक्तिले नै थप हिंसा गर्न खोजेको बताउनुभयो। पराजुलीले भन्नुभयो, “प्रहरीमा जाँदा जुन देशमा बस्ने हो, त्यहीँको कानुन आकर्षित हुने भएकाले त्यतै जान भन्नुहुन्छ। कहाँ गएर के गर्ने अन्योलमा छौँ।”

केही समयअघि सहयोग गर्छु भन्दै क्यानडाका लागि शान्तिदूत तोकिएका एक प्रतिष्ठित व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूकहाँ रहेका युवती र महिलामाथि हिंसाजन्य क्रियाकलाप गर्न खोजेको आरोप उहाँको छ।

अनलाइनमार्फत हुने हिंसाको सिकार हुने पत्रकार महिलाको सङ्ख्या पनि उच्च छ। शिक्षित व्यक्तित्व, व्यवसायी, प्रहरी र कम साक्षर महिला हरेक दिनजसो ठुलो सङ्ख्यामा अनलाइन हिंसाको सिकार हुन बाध्य छन्।

सामाजिक सञ्जाल र अनलाइन मिडियाको नियमनको अभावमा हिंसाको आकार दिन प्रतिदिन बढ्दो रहेको प्रहरीको तथ्याङ्कले पनि स्पष्ट पार्छ। साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०७९/८० मा नौ हजार १३ वटा उजुरी प्रहरीमा दर्ता भएका छन्। यो सङ्ख्या तीन वर्षअघि दुई हजार तीन सय थियो। दुई वर्षअघि तीन हजार नौ सय र अघिल्लो वर्ष चार हजार आठ सय उजुरी ब्युरोमा दर्ता भएका थिए।

गत आवको तथ्य अनुसार कुल उजुरीमा सबैभन्दा बढी महिलामाथि भएका अनलाइन हिंसाको सङ्ख्या छ। कुलमध्ये चार हजार ५९० जना महिलाले हिंसाको उजुरी गरेका छन्। त्यस्तै तीन हजार ७३० पुरुष, किशोरी १३०, किशोर ४६ र अन्य ५३० जनाको उजुरी रहेको छ। अझ पछिल्लो समय अनलाइन हिंसाकै कारण सामाजिक सञ्जालमार्फत घोषणा गरेर आत्महत्या गर्ने प्रवृत्ति पनि देखिएको मिडिया एड्भोकेसी ग्रुपकी संस्थापक अध्यक्ष बबिता बस्नेतले बताउनुभयो। उहाँका अनुसार फेसबुक, टिकटक, ह्वाट्सएप, इन्स्टाग्राम, ट्विटर, इमेल, इमो, स्न्यापच्याट, युट्युब, इसेवालगायत अनलाइन प्लेटफर्ममार्फत महिलामाथि हुने हिंसा अत्यधिक छ।

गत साउनदेखि हालसम्मकै अवस्था हेर्ने हो भने पनि एक हजार आठ सयभन्दा बढी मुद्दा साइबर ब्युरोमा दर्ता भइसकेको ब्युरोका डिएसपी दिपेश जोशीले बताउनुभयो। उहाँले स्पष्ट कानुनको अभावमा दर्ता भएका मुद्दामाथि कारबाही गर्न समस्या रहेको औँल्याउनुभयो।

सामाजिक सञ्जालमार्फत त्यसरी जथाभाबी टीकाटिप्पणी गर्नेलाई गाली बेइज्जती मुद्दा लगाउने गरेको र त्योभन्दा बढीको कसुर ठहर्ने देखिएमा फौजदारी मुद्दा चलाउने गरिएको छ।

बिहीबार राजधानीमा आयोजित अनलाइन हिंसाको समाधानका लागि नीतिगत समस्या र चुनौतीका विषयमा भएको छलफल कार्यव्रmमका सहभागीले भने साइबर ब्युरोमा उजुरी दर्ता गराउनै कठिन रहेको आरोप लगाए। ब्युरोको संरचना र व्यवहार महिलामैत्री नरहेको र पन्छाउने हिसाबले कुरा गर्ने प्रवित्तिका कारण धेरै जना पीडा लुकाएर बस्न बाध्य बनेको दाबी उनीहरूले गरे।

साइबर अपराधका अध्येता डा। राजीव सुब्बाका अनुसार नेपालमा बढ्दो अनलाइन हिंसा नियन्त्रणका लागि स्वनियमन र आयोग गठन गरेर अनुगमन गर्नुको विकल्प छैन। पूर्वडिआइजीसमेत रहनुभएका सुब्बाले नेपालमा दर्ता भएर नियमनको दायरामा आएका फेसबुक, गुगललगायतलाई अब सञ्चार मन्त्रालयले स्पष्ट रूपले सोध्ने र स्वनियमन गर्नुपर्नेमा जोड दिनुभयो।

सञ्चार मन्त्रालयका सहसचिव नेत्र सुवेदीले सामाजिक सञ्जाल नियमनका लागि तत्काल आवश्यक निर्देशिका ल्याउने तयारी मन्त्रालयले गरेको जानकारी दिनुभयो।

शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.