धनगढी, ७ भदौ / पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढी निवासमा सामाजिक सद्भाव झल्किने गरी गौरा पर्व मनाइएको छ । सोमबार प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डाक्टर आरजु राणा देउवाले शुभ साईतमा गौरा पर्वको सुरुवात गरेकी थिइन ।
निवासमा विरुडा भिजायर औपचारीक रुपमै गौरा भित्र्याइएको देउवा निवासमा आज बिहीबार थारु पहाडी एक ठाउँमा जम्मा भएर धुमधामका साथ गौरा पर्व मनाएको हो ।
आज विहानै धनगढी उत्तरबेहडीस्थित आफ्नो निवासमा सांसद डा. आरजु राणा देउवाले गौराको विधिवत पूजा गरिन । हरेक वर्ग समुदायका महिला पुरुषहरूको सहभागितामा गौरा मनाएको हो । गौरादेवीको पुजापछि राजनीतिक दल, राना थारु, महिलाहरुले एक साथ गौरामा डेउडा खेले ।
गौरामा थारु समुदायको उपस्तिथिले सामाजिक सद्भाव थप झल्किएको थियो । थारु समुदाय महिलाहरू पनि डेउडा झुमेका थिए । उनीहरूले आफ्नै पहिरन लगाएर डेउडा खेलेका हुन । सांसद आरजुले पनि डेउडा खेलिन । गौरा पर्वका अवसरमा सांसद आरजु हरेक बर्ष धनगढी पुग्ने गरेकी छन् । यस बर्ष पनि गौराको अवसरमा धनगढी आएकी हुन् ।
गौरा पर्वमा आरजुले सबैलाई गौरा पर्वको शुभकामना पनि दिएकी छन् । उनले गौरा पर्वले आपसी प्रेम, भाइचारा, सामाजिक सद्भाव, सौहाद्रता र ऐक्यबद्धतालाई थप सुदृढ गर्ने बताइन ।