धनगढी, ७ भदौ / महाकाली नदीले सतर्कता तह पार गरेको छ । डडेल्धुराको परिगाउँ जलमापन केन्द्रमा महाकाली नदीको जलसतहले सतर्कता तह पार गरेको हो ।
महाकाली नदीको जलसतह ५.८० मिटर पुगेमा सतर्कता तह मानिन्छ । बिहिवार दिउँसो महाकाली नदीको जलसतह ५.८३ मिटर मापन गरिएको छ । महाकाली नदीको जलसतह ७ मिटर पुगेमा खतरा हुन्छ । सरकारले महाकालीको तटिय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरेको छ ।
डडेल्धुरा र कञ्चनपुरका नदी किनार तथा डुबान हुने क्षेत्रका नागरिकलाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।