लबदेव धामी
धनगढी,७ भदौ / प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी इकाइको एक दिवसीय नगर अभ्यास वर्ग सम्पन्न भएको छ। सुदुरपश्चिम प्रदेश प्रहरी बरिष्ठ उपरीक्षक प्रज्वल महर्जनको प्रमुख आथित्यतामा कार्यक्रम सञ्चालन भएको हो।
सुदुरपश्चिमाञ्चल एकेडेमीको सभाहलमा आयोजित कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले विगत देखि वर्तमान अवस्थामा गरिरहेका कार्य , प्राज्ञिक विद्यार्थी परिषद्का उद्देश्य तथा काम कर्तव्यको बारेमा प्राज्ञिकका नयाँ कार्यकर्तालाई प्रशिक्षण समेत दिएको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कैलाली जिल्ला बिस्तारक प्रेम बोहोराले बताउनुभयो।

प्राज्ञिकको आयोजित कार्यक्रममा प्राज्ञिकका राष्ट्रिय सचिव दिवस पोखरेल ,प्राज्ञिकका सुदुरपश्चिम प्रदेश सह संगठन सचिव मणिराम चौलागाई, प्राज्ञिक विद्यार्थी परिषद् सुदुरपश्चिम प्रदेशका अध्यक्ष पृथ्वीराज अवस्थी, प्राज्ञिकका प्रदेश संगठन सचिव चन्द्र शेखर जोशीका साथै प्राज्ञिकका पूर्व राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टको उपस्थित रहेको थियो।
धनगढी उपमहानगरपालिका भित्र रहेका क्याम्पस , विद्यालयका विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बिस्तारक बोहोराले बताउनुभयो ।

प्राज्ञिकको एक दिवसीय नगर अभ्यास वर्गबाट धनगढी उपमहानगरपालिकाको अगामी एक बर्षको लागि नयाँ इकाइ समेत निर्माण गरिएको हो।