रमेश बहादुर सिंह
बझाङ, ५ भदौ / एउटा यस्तो गाउँपालिका छ जहाँ तिन दिन हिडेर पालिका को कार्यालय पुगिन्छ। सदरमुकाम चैनपुर बाट उतरी क्षेत्रमा पर्ने साइपाल गाउँपालिका मा अझै पनि यातायात पुगेको छैन। नेपाल का प्राय जसो सबै पालिकामा यातायात सेवा सुविधा पुगेको भए पनि यस साइपाल गाउँपालिका भने भौगोलिक विकटता का कारण अहिले सम्म पनि यातायात पुग्न सकेको छैन।
गाउँपालिका सम्म यातायात नजोडिएका कारण साइपाल गाउँपालिकाका बासिन्दाहरु र अन्य कर्मचारी बाहिर बाट जाने मान्छेहरू सबै पैदल यात्रा गरेर नै साइपाल गाउँपालिकामा जाने गर्दछन्। सदरमुकाम चैनपुर बाट साइपाल गाउँपालिका जान लाइ गाडिमा अहिले बर्खा याममा तलकोट गाउँपालिका को पन्नालत सम्म गाडिको सिस्ट गरेर पुगिन्छ भन्ने त्यहाँ बाट कुवा बास हुने गर्दछ।

अर्को दिन कुवा बाट जंगल उकाली ओराली हुँदै साइपाल गाउँपालिका को सुरुको गाउँ दलौन पुगिन्छ। दलौन बाट तेस्रो दिन लाग्नुको उकालो भएर काकरकोट हुदै तिन दिन को पैदल यात्रामा गाउँपालिका को कार्यालय रहेको केन्द्र काडाँ मा पुगिन्छ। काडाँ बाट साइपाल गाउँपालिका को अन्तिम गाउँ जाने मानिसहरूका लागि अन्तिम गाउँ दुलि बलौडि न्युना पुगिन्छ। जिल्लाको एघार वटा स्थानीय तहमा यातायात सन्जाल जोडिएको बझाङमा साइपाल गाउँपालिकामा मात्र यातायात नपुग्दा जनजिवन कस्टकर रहेको देखिन्छ।
गाउँपालिकाले सडक सञ्जाल मा जोड्न को लागि अहिले तलकोट गाउँपालिका को खोल्ला बाट भएर कुवा सम्म पुगेको बाटो काट्ने काम भएको छ।तर साइपाल को सिमाना पुग्ने अझै दश किलोमिटर बाकि छ।उता चैनपुर ताक्लाकोट सडकले पनि साइपाल गाउँपालिका को न्युना बलौडि छुने भएता पनि उताको बाटो पनि २०किलोमिटर अझै तल छ। गाउँपालिका कि उपाध्यक्ष डोल्मा तामाङले भनिन यातायात सेवा सञ्चालन नहुँदा इमर्जेन्सी भएका बिरामीलाइ सदरमुकाम चैनपुर पुगाउन सबैभन्दा ठूलो समस्या रहेको बताइन।
आफ्नो पाँच वर्ष को कार्यकाल सम्म यातायात सेवा दलौन सम्म भए पनि पुगाउने उपाध्यक्ष तामाङको भनाइ रहेको छ। भौगोलिक विकटता कारण यस गाउँपालिकामा कर्मचारी पनि आफ्नो ज्यानको बाजी राखेर जनताको कामको लागि सधैं लाग्ने गरेको गाउँपालिका प्रमुख प्रसासकिय अधिकूत राधाकृष्ण जोशिले बताए। आफुले बिगत पाच बर्ष देखि यस साइपाल गाउँपालिकामा काम गर्दै आएको र यहाँका समस्या लाइ केन्द्र सम्म पुगाएको भए पनि तर भौगोलिक विकटताले गर्दा यहाँ काम गर्ने निकै चुनौतिपूर्ण रहेको उहाँको भनाइ छ।