बैतडी, ३ भदौ / बैतडीका किसानले लगाएको मकैबालीमा हावाहुरीले क्षति पुर्याएको छ । जिल्लाको सिगास गाउँपालिका ३ मा हावाहुरीले मकैबालीमा क्षति पुर्याएको हो ।
शुक्रबार र शनिवारको हावाहुरीले वडा नम्बर ३ का मल्लागाउँ, ताकणी, बल्लेकान, हिउनाय र लोखडा लगायका टोलका करिब ३० परिवारको लगाएको मकैबालीमा क्षति पुगेको स्थानीय पदम अवस्थीले जानकारी दिए ।
हावाहुरीले ७० रोपनिमा लगाएको मकैबालीमा क्षति पुगेको उनले बताए । मकैबालीमा क्षति पुगेपछि किसान चिन्तीत बनेका छन्।
मकैमा घोगा लाग्ने बेला हावाहुरी, बाँदर, बदेल, दुम्सी लगायतका जनावरले क्षति पुर्याउने थालेपछि किसान भोकमरि हुने भन्दै चिन्तीत छन् ।