डडेल्धुरा, २ भदौ / डडेल्धुरामा बेहोस अवस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ।
शुक्रवार जिल्लाको आलिताल गाउँपालिका–८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा अन्दाजी ५५ वर्षका आलिताल ७ बस्ने रामदत्त भट्ट बेहोस अवस्थामा फेला परेका थिए। भट्टलाई उपचारका लागि जोगबुडा अस्पताल पुगाइएको थियो।
जोगबुडा अस्पतालले उनलाई मृत घोषणा गरेको हो। घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।