धनगढी, १ भदौ / प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी कमिटिको मासिक बैठक सम्पन्न भएको छ । विद्यालय र क्याम्पसमा कमिटि विस्तार गरी रहेको परिषद्ले अगामी भदौ ७ गते धनगढी नगर अभ्यास वर्ग संचालन गर्ने निर्णय गरेको कैलाली जिल्ला विद्यार्थी बिस्तारक प्रेम बोहोराले बताउनु भयो ।
आज बसेको बैठकले अभ्यास वर्ग सञ्चालन गर्ने पाँच सदस्यीय सञ्चालक समितिको समेत टुङ्गो लगाएको छ ।
नगर अभ्यास वर्ग संचालन सुुदूर पश्चिमाञ्चल एकेडेमी (एसपिए) मा गरिने बिस्तारक बोहोराल बताउनु भयो ।