गजल
देखियो आफ्नै आँखाको बर्बादी,
देख्न नपरोस अब ऐनाको बर्बादी ।
सारा दुनियाँ फूलको पछि पछि हिड्यो,
कसले सोच्न भ्यायो गमलाको बर्बादी ।
नशाले मातिएका ढलहरू मिसिँदैछन,
यसरी पनि हुँदैछ खोलाको बर्बादी ।
राम्रा नराम्रोसम्म कुरा पनि देखाउदै
भाडावाल यसरी गर्छ पर्दाको बर्बादी ।
सर्जक : अबि प्यारे