• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

डोटीबाट बडिमालिका मन्दिरका लागि सरकारी डोल पठाइयो

डोटी, ३२ साउन / डोटी जिल्ला सदरमुकाम सिलगढीबाट बिहीबार बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि सरकारी डोल पठाइएको छ ।

भाद्र चतुर्दशी तिथीका दिन लाग्ने बडिमालिका मेलाका लागि डोटी बाट डोल पठाईएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।

जिल्ला प्रशासन कार्यालय डोटी र शैलेश्वरी मन्दिरमा पुजा आजा सहित दिपायलमा रहेको सशस्त्र प्रहरी बल हेड क्वाटर ३६ नम्बर गण, सिलगढीमा रहेको भैरव प्रसाद गण र जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले प्रशासन कार्यालय र शैलेश्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारी सहितको डोल बडिमालिका मन्दिरका लागि पठाईएको हो ।

राणा शासन कालदेखि तत्कालीन डोटी गौडा अर्थात् जिल्ला प्रशासन कार्यालय सिलगढीमा पूजा आजा गरी विधिवत रुपमा सरकारी कर्मचारीहरुले डोल लैजाने चलन रहे अनुसार सोही बिधी परम्परा अनुरुप बिहीबार डोल बाजुरा पठाइएको प्रजिअ अर्यालले बताउनु भयो । उनले भने, ‘राणाकाल देखि डोल पूजा आज गरेर सरकारी खर्चमै पठाउने चलन रहेछ, सोही अनुसार पूजाआजा गरेर डोल पठाएका छौँ ।’

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडिमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक सम्भावना रहेको क्षेत्र भएका कारण भाद्र चतुर्दशी तिथीका दिन उक्त मन्दिरमा भक्तजनको मेला लाग्ने गरेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशंकर भट्टले बताउनु भयो । उनले भने, डोटीबाट सरकारी डोल बडिमालीका पठाउने चलन डोटी राजाको पालाभन्दा पहिले छैटौ शताब्दी देखि चलिआएको चलन हो यसको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने गरेको थियो । तर २०७२ साल देखि सरकारले खर्च कटौती गरे पछी शैलेश्वरी क्षेत्र बिकास समिति र डोटीका स्थानीय तहहरुले खर्च ब्यवस्थापन गर्दै डोल पठाउने गरेको बताए ।

सिलगढीबाट डोलको यात्रा शुरु हुँदा देखि नै गाउँलेले बाटोमा पुजाको थाली राखेर तीर्थ यात्रीको यात्रा सफल होस् र बडिमालिकाले सबैलाई आशिर्वाद दिउन् भन्ने कामना सहित ठाउँ ठाउँमा पानीका घडा र फूलमालाले स्वागत गर्ने गर्दछन् ।

बडिमालिका जाने बाटोमा त्रिवेणीधाम पर्छ । तीनवटा नदीको संगम रहेको उक्त धाममा अधिकांश तीर्थयात्रीले आफ्ना स्वर्गीय बाबु आमाको श्राद्धसमेत गर्ने गरेको शैलेश्वरीका पुजारी भट्टले बताए । उनका अनुसार त्रिवेणी धामबाट कम्तीमा पनि ६ देखी ८ घण्टा हिँडेपछि बडिमालिका पुगिन्छ । वर्षमा धेरै समय हिउँ पर्ने र लामो समयसम्म नपग्लिने बडिमालिकामा वर्षेनी भाद्र चतुर्दशी तिथीको समयमा नेपाल र भारतका थुप्रै भक्तजन मेला भर्न आउने गर्छन् ।

पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्ने समयमा महादेवलाई आमन्त्रण नगरी अपमान गरेपछि क्रुद्ध भएकी सतीदेवी यज्ञ कुण्डमा हाम फालेपछि उनको मृत शरीर बोकेर हिडेका महादेवको काँधबाट सतीदेवीको अङ्ग पतन भई बडिमालिका मन्दिर स्थापना भएको किंवदन्ती रहेको पाईन्छ ।

डोटी बाट प्रस्तान भएको सरकारी डोल बडिमालिका मन्दिरमा पुग्न दुई साता समय लाग्ने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । बडिमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट वर्षेनी डोल लैजाने चलन रहेको छ । ‘भक्तजनले चिताएको पुग्ने विश्वासका आधारमा बडिमालिका मेलामा वर्षेनी भक्तजनको भिड लाग्छ, यो सुदूरपश्चिमकै पवित्र तीर्थस्थल हो ।’ समुद्री सतहबाट करिब चार हजार भन्दा माथी उचाइमा रहेको छ ।

बिहिबार, साउन ३२, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.