भावना
फुल फुल्न यहाँ कोपिला मर्नु पर्ने रहेछ
मन्दिरमा चढ्न यहाँ फुल मर्नु पर्ने रहेछ ।
मायाको त के कुरागर्छौ प्रिया
साचो प्रेम पाउन यहाँ पलपल मर्नु पर्ने रहेछ ।
जिन्दगी यो जसोतसो घोचेकै छु यहाँ
साथ पाउन सधै पैसा हुनु पर्ने रहेछ ।
फूल फुल्न यहाँ कोपिला मर्नु पर्ने रहेछ
मन्दिरमा चढ्न यहाँ फूल मर्नु पर्ने रहेछ ।
धेरै बिकास गर्यौ भन्छन यी दलाली नेता
देश जोगाउन राम्रो मान्छे फस्नु पर्ने रहेछ ।
फूल फुल्न यहाँ कोपिला मर्नु पर्ने रहेछ
मन्दिर चढ्न यहाँ फुल मर्नु पर्ने रहेछ ।
मीठो खाना माछा मासु पुगेन रे धनिलाइ
एक छाक नपाइ भोकभोकै गरिब मर्ने रहेछ ।
फूल फुल्न यहाँ कोपिला मर्नु पर्ने रहेछ
मन्दिर चढ्न यहाँ फूल मर्नु पर्ने रहेछ ।
सर्जक : सन्तोष सिह ठगुन्ना