काठमाडौं, २९ साउन / नेकपा एमालेले प्रदेश अधिवेशन मिति तोकेको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको हो ।
असोज मशान्तभित्र सबै प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेश, असोज ८ र ९ गते बागमती प्रदेशको अधिवेशन तय भएको छ । त्यस्तै कर्णालीको अधिवेशन असोज १० र ११ गते, कोशीको असोज १२ र १३ गते, गण्डकीको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते अधिवेशन तोकिएको हो ।
अधिवेशनका लागि प्रतिनिधि भने पालिकास्तरबाट चयन हुने र कम्तीमा एक तिहाइ युवा सहभागी गराउने बैठकमा छलफल भएको थियो ।