दार्चुला , २९ साउन / दार्चुलाको अपिहिमाल गाउँपालिकामा एक जना कार्यालय सहयोगी भर्ना गर्न काग्रेंसले वडा समितिकै निर्णय गरेको छ । अपिहिमाल गाउँपालिक वडा नम्बर ३ मा कार्यालय सहयोगी भर्ना गर्न वडा समितिले लिखित निर्णय गरेको हो ।
वडासभापति तारा कार्कीको अध्यक्षतामा साउन २१ गते बसेको बैठकले वडाको कर्मचारी राख्न पार्टीको निर्णय गरेको हो । निर्णयमा भनिएको छ, ‘अपिहिमाल गाउँपालिका वडा नम्बर ३ को कार्यालय सहयोगीमा नेपाली काग्रेसको तर्फबाट हुनुपर्छ भन्ने निर्णय सर्वसम्मतबाट पारित गरियो ।’
गठबन्धनको सरकार रहेको अपिहिमाल गाउँपालिकामा यसअघि पनि कर्मचारी भर्नामा भागवण्डा गरिएको थियो । तर अहिले भने काग्रेसले लिखित रुपमै पार्टीको निर्णय गरेर आफ्नो कर्मचारी हुनुपर्छ भन्ने उल्लेख गरेको छ । काग्रेसले गरेको यो निर्णयको अहिले सर्वत्र आलोचना भइरहेको छ ।
अपिहिमाल गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट भगतसिह ठेकरे बोहरा अध्यक्ष र काग्रेसका देवकी बोहरा उपाध्यक्ष छन् ।
