डडेलधुरा २९ , असार ÷ डडेलधुरामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ । परशुराम नगरपालिका ५ को सिद्धनाथ सामुदायिक वनभित्र जोगबुढा वन उपभोक्ता समिति र स्थानीयहरूले वृक्षारोपण गर्ने क्रममा बिहीबार साँझतिर एक नाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेका हुन् ।
बन्दुक फेला पर्नासाथ उनीहरूले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई उक्त भरुवा बन्दुक बरामद गरी नियन्त्रणमा लिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख प्रहरी निरीक्षक गङ्गादत्त बडूले बताए ।