धनगढी, २७ असार/आज बुधबार सुदूरपश्चिम सहित देशभर वर्षको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका सातैवटै प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ ।
अहिले बिहान पनि सुदूरपश्चिम केहि स्थान, कोशीका थोरै तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र एकरदुई स्थनमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।
महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भने मेघगर्जनर चट्याङसहित भारी वर्षा हुने सम्भावना छ ।


