धनगढी, ११ असार/कैलालीको गोदावरी नगरपालिका – ४ बुढीतोलामा कार र ट्रक एक आपसमा ठोक्किएका छन । नेपाली नम्बर प्लेटको ट्रक र भारतीय नम्बर प्लेटको कार एक आपसमा ठोक्किएका हुन ।
दुर्घटनामा कारमा सवार केही व्यक्ति घाइते भएपनि आधिकारीक विवरण प्राप्त हुन नसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनापछि अहिले प्रहरी घटनास्थलमा पुुगेको छ । दुर्घटना पनि बाटो पनि अवरोध भएकाले खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।