धनगढी, ८ जेठ/वन कार्यालयले कैलालीको चुरे फेद क्षेमा वन क्षेत्र अतिक्रमित गरी बनाएका ३८५ टहरा भत्काएपछि पिडितहरु मुख्यमन्त्री कार्यालय अघाडी धर्नामा बसेका छन् । डिभिजन वन कार्यालय धनगढीले शनिबार कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ को टाँकगडा र पैनेरुवाको अतिक्रमित वन क्षेत्र खाली गराइएको थियो ।उनीहरु आइतबारदेखि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि सडकमा धर्नामा बसेका छन् ।
चार वर्षदेखि बस्दै आएको टहरा भत्किएपछि घरबासको व्यवस्थापनको माग गर्दै आफुसहित तीन सय घरपरिवार सडकमा धर्नामा रहेको प्रतिक्रिया दिए । वन कार्यालयले पहिरोपीडित बस्दै आएको टहरामा आगजनी गर्दा बढेको वन डढेलो नियन्त्रणमा आउन सकेको छैन् । टहरामा आगजनी भएपछि कहाँ बस्ने उनीहरुको प्रतिक्रिया रहेको छ ।
अतिक्रमण भयो भन्दै बस्ती हटाउने बहानामा सव डिभिनजन वन कार्यालय चौमालाका कर्मचारीले चुरे फेदको पैनेरुगडा र टाँकगडाको बसोबास गर्दै आएका पहिरोपीडितका टहरा हटाउने कार्य शुरु गरेको थियो । वन कार्यालयले वास्तविक पीडितको पहिचान नगरि तथा पीडितहरुको उचित व्यवस्थापनप्रति ध्यान नदिई अतिक्रमण हटाउन शुरु गरेको छ । गाउँपालिकाले वास्तविक पीडितको पहिचान नभएसम्म अतिक्रमण नहटाउने प्रशासनसंग सहमति गरेको थियो । दुई साता अघि भएको सहमतिप्रति ध्यान नदिइ वन कार्यालयले अतिक्रमण हटाउने बहानामा पीडितहरुको टहरामा आगजनी गरेको थियो । सो आगजनी अहिले वनमा डढेलोका रुपमा नियन्त्रण भन्दा बाहिर पुगेको पीडितहरु बताउँछन् ।
गाउँपालिकाका विभिन्न वडाबाट पहिरोपीडित भएर वासस्थानको खोजी गर्दै जंगललाई बासस्थान रोजेको उनीहरूको अवस्था भने दयनीय छ । पहिरोले घर र खेत बगाएपछि घरबारविहीन भएकी भवानीदेवि चन्दले भनिन ‘राज्य हाम्रो उचित व्यवस्थापन प्रति उदासिन देखियो । खाने व्यवस्था भन्दापनि बासको व्यवस्था मिलाउनुपर्छ ।’कठ्याग्रिँदो चिसोमा होस् या चैत–बैशाखको प्रचण्ड गर्मी र वर्षातको झरी भएपछि टहरामा बस्दै आएका थिए पहिरोपीडित । पहिरोबाट पीडित बनेका उनीहरुलाई वन कार्यालयले थप पीडित बनाएको उनीहरु बताउँछन् ।
वनजंगलको संरक्षण गर्ने निकाय नै विभिन्न बहानामा चुरेको वनजंगलमा आगो लगाएर सखाप गर्न लागेको देख्दा कतै वन कर्मचारीको तस्करसंग मिलेमतो त छैन रु भन्ने प्रश्न उनीहरुको छ । वनजंगलमा भइरहेको अतिक्रमण आगो लगाएर हटाउने कानुन कहाँ छ रु वन प्रशासनलाई पीडितले प्रश्न गरेका छन् ।