धनगढी, १० बैशाख/डेउडा प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान ,भित्ते पात्रो लोकार्पण संगै बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका केन्द्रीय अध्यक्ष दल बहादुर बोगटीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख माननीय देवराज जोशी रहनु भएको थियो भने नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री सुदूरपश्चिम प्रदेश सभासदस्य माननीय मेघराज खड्का, पुर्ब राज्य मन्त्री टेकबहादुर रैका, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति आदरणीय डा।टी एन जोशी विशिष्ट अतिथि रहनु भएको थियो ।
संस्थाका बरिष्ठ उपाध्यक्ष सुरत रावत ९ डोटेली कान्छा०ले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष प्रेम बिबश चन्द ले गर्नु भएको थियो । सो कार्यक्रममा नेपाली भाषा संस्कृति परिषद गोदावरीका अध्यक्ष पदमराज जोशी , सुदूरपश्चिमका चर्चित गायक भुवन दाहाल,कटक नेपाली ,ध्वज बहादुर महरा, सुर्य बिरही साउँद ,पदम कार्की,माया पाण्डेय ,कृष्णा सिराडी,धनेश्वरी रेग्मी लगायतका स्रष्टाहरुले आ-आफ्नो प्रस्तुति प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको समापनमा डेउडिया हुकुम देउबा र धनेश्वरी रेग्मी को घम्साघम्सी डेउडाले अझै रमाइलो बनाएको थियो ।
