धनगढी ८ बैशाख/नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वडले नगर प्रमुख गोपाल हमालले जनप्रतिनिधिको भुमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।नेपाली काँग्रेसको वडा सम्मेलनको समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले धनगढीका नगर प्रमुख हमाल निर्वाचित भएर आएपछि जनतासंग नजिक हुनुभन्दा पनि टाढा भागिरहेको बताएका हुन् ।
‘समन्वय र सहकार्य गरेर जनप्रतिनिधि अघि बढ्नुपर्छ । जनतालाई नभेट्ने, व्यवसायी तथा दुःखमा परेका व्यक्तिलाई नभेट्ने मान्छे जनप्रतिनिधि कसरी हुन्छ’ उनले भने –‘निर्वाचित भएर आएपछि अहिलेसम्म वडाहरुमा पुगेका छैनन् । म जनप्रतिनिधि हुँदा हरेक महिनामा एक पटक पुग्थे । हरेक घरमा पुग्न नसकेको होला तर, वडाका समस्या बुझ्न आईरहन्थे ।’
उनले आफु सधै नगरबासीको साथमा रहेको बताए । ‘हिजो तपाईहरुले गाली गर्दा पनि संगै थिए, तपाईहरु रिसाउँदा पनि संगै थिए, तपाईहरुले भनेका कुरा नसके पनि सकेन अझ कोसिस गरुला भन्दै थिए’ उनले भने –‘अहिले म जनप्रतिनिधि नभए पनि हरेक टोल वडाबासीका समस्या समाधान गर्न तर्फ ध्यान दिइरहेको बताए ।
उनले रवि लामिछानेले जनतालाई भ्रम पार्ने काम मात्र गरेको बताए । उनले लामिछानेले कमिसन खानबाहेक अन्य केही काम गर्न नसक्ने बताए । उनले प्रश्न गरे –‘म नगर प्रमुख हुँदा पनि अहिले म संग मोटरसाईकल चड्न समेत पैसा छैन् । तर, पत्रकारिताबाट आएका रवि लामिछानेले ९० लाखको गाडि र चितवनमा घर किन्ने पैसा कहाँबाट आयो ।’