धनगढी, ६ बैशाख/ देशभरिकै उत्कृष्ट २० भित्र पर्दै एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय (गौतम)ले ‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरेका छन् । विगत ३० वर्षदेखि शिक्षा क्षेत्रमा आबद्ध रही विभिन्न शैक्षिक संस्थाहरुको नेतृत्व गरिसकेका उपाध्यायले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
सादगीपन र कर्मनिष्ठ उपाध्यायले यसअघि काठमाडौंका गोल्डेनगेट, टाइम्स, आशिर्वादजस्ता कलेजहरुको नेतृत्व सम्हालिसकेका छन् । अनुजा मिडियाले काठमाडौंमा आयोजना गरेको ‘एडुकेशन एक्सिलेन्स अवार्ड’मा नेपालभरिबाट उत्कृष्ट २० जना प्रिन्सिपलहरुलाई छनौट गर्ने क्रममा उपाध्यायले बेस्ट प्रिन्सिपल अवार्ड प्राप्त गरेका हुन् ।‘बेस्ट प्रिन्सिपल अवार्ड’ पाउने अन्य व्यक्तिहरुमा एभरेष्ट ईंग्लिश स्कुल, भक्तपुरका भक्त राजभण्डारी, दीप बोर्डिङ हाई स्कुल, बुटवलका टिकाराम न्यौपाने, लिटिल एन्जेल्स स्कुल, हातीबनका मुकुन्दराज शर्मा, स्टार हाईएर सेकेन्डरी स्कुल, बिराटनगरका डा। उद्दब प्रसाद पोख्रेल, माउन्ट हर्मन ईंग्लिश स्कुल, ललितपुरका सरस्वती श्रेष्ठ, नवरत्न ईंग्लिश बोर्डिङ स्कुल, भक्तपुरका सुरेन्द्र तुबन्जा श्रेष्ठ, लोटस ईंग्लिश स्कुलकी सन्जीता मैया शाही ठकुरी राईलगायत हुनुहुन्छ ।
अनुजा मिडियाले बिगत ४ बर्ष देखि विद्यार्थीहरुको व्यक्तित्व तथा नेतृत्व विकासको लागि खेल्दै आएको नेतृत्वदायी भूमिकाको कदर स्वरुप यो अवार्ड प्रदान गर्दै आएको छ ।अवार्ड ग्रहण गर्दै क्याम्पस प्रमुख उपाध्यायले आफूले गर्दै गरेको प्रयासलाई सह्राना गरिदिएकोमा आयोजक प्रति आभार व्यक्त गरे । उहाँले उक्त अवार्डबाट एसपीएलाई थप शशक्त रुपमा अघि बढाउँन हौसला मिलेको विश्वास व्यक्त गरे ।