धनगढी, १ बैशाख/नयाँ बर्षको अबसरमा नेपाल विधार्थी संघ धनगढी उपमहानगर स्तरिय समितिले सेती प्रदेशिक अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको छ ।
नयाँ बर्षमा पिडामा रहेका बिरामीहरु संग खुशियाली साटासाट गर्न नेपाल विधार्थी संघ धनगढी उपमहानगरपालिका समितिद्वारा सेति प्रादेशिक अस्पतालमा फलफूल पानि वितरण गरेर विरामि संग नया बर्ष मनाएको नगर अध्यक्ष दिपेश बोहराले जानकारी दिए ।
कार्यक्रममा नेपाली काग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, नगर सभापति यज्ञराज उपाध्याय, नेविसंघ जिल्ला अध्यक्ष मनिष कुवंर, नेविसंघ पुर्व केन्द्रिय सदस्य सुमन केसि लगायत नेविसंघ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
