मसुरिया/खप्तड बहुमुखी क्याम्पस मसुरियाको ५ औं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएकोछ । सभाको प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व मंत्री दीर्घ बहादुर सोडारीले उद्घाटन गरे । खप्तड बहुमुखी क्याम्पस तथा यस क्षेत्रको विकासको लागि प्रदेश र संघीय बजेटको लागि पहल गर्ने कुरा बताए ।
विशिष्ट अतिथि रहेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी पौडेल कुँवरले नमुना योग्य क्याम्पस बनाउनु पर्छ भन्ने हामी सबैको चिन्ता रहेको बताउदै मसुरियाबासी एक भए विकास गर्न सकिने र नमुना योग्य क्याम्पस बनाएर अगाडि बढाउन सकिन्छ भन्ने कुरामा समर्थन र साथमा रहेको बताइन् ।
खप्तड बहुमुखी क्याम्पस प्रमुख मदनराज जोशीले शैक्षिक प्रगति बारे जानकारी गराए । क्याम्पससँग आर्थिक समस्या भएकै कारणले प्रगति हुन नसकेकोले यस क्षेत्रका सांसदले विकासको लागि सहयोग गर्न आग्रह गरे । खप्तड बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व सभासद कृष्ण कुमार चौधरीले क्याम्पसको बारेमा नकारात्मक कुरा सुनिएकोले विकासको लागि सकारात्मक प्रचार र संकल्प गर्नु पर्ने कुरा वताए ।
खप्तड बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार चौधरीलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समितिका कार्य बाहक प्रमुख खगराज भुसाल,गौरीगंगा नगरपालिका प्रमुख देवीदत्त कडेल,खप्तड बहुमुखी क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष टीका नाथ,राम बहादुर कलेल,खप्तड बहुमुखी क्याम्पस स्ववियु सभापति पुष्कर अवस्थी,मसुरिया बजार व्यवस्थापन समितीका अध्यक्ष हरि जोशी र खप्तड बहुमुखी क्याम्पस प्राध्यापक खडक बहादुर मन्नी र नर बहादुर देउवा लगाएतले क्याम्पसको बारेमा बोलेका थिए ।