धनगढी, ७ चैत/चैत महिनाको एक दिने सामान्य वर्षामा पनि धनगढीका सडकहरु हिलाम्मे भएका छन् । पानी निकास नहुँदा धनगढीका सडकमा पानी जमेका कारण हिडडुद गर्न समस्या भएको छ ।
चैतको सामान्य वर्षामा पनि केही पसल भित्र पसेको र पानी निकासका लागी नाली व्यवस्थापन नभएको सडकहरु हिलो भएको हो । अहिले त यस्तो डुवान भएको छ भने वर्षातमा थप डुवान हुने सम्भावना बढेकोले पानी निकासको व्यवस्थापन गर्न जरुरी रहेको स्थानीय बताउछन् ।
यता धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राज बहादुर ऐरले भौतिक संरचना बिस्तारका कारण ढल तथा नाली निकासको ब्यवस्थापनमा ढिलाई भएको बताए। समयमै ब्यवस्थापनमा नभएकोले समस्या भएको बताए । उनले निर्माणाधिन चटकपुर मोहना सडक खण्डको यथासिघ्र निर्माणका लागि वडा कार्यालयवाट पटक पटक समन्वय तथा सम्पर्क गर्दा निर्माण कम्पनिले अटेरी गरेको बताए। सो सडक खण्ड अधुरो राखी सामान्य वर्षाका कारण स्थानिय वासिहरुको आवागमनमा समस्या र डुवान भएको बताए।
सो कार्य यथासिघ्र निर्माण सम्पन्न गराउन र निर्माण कर्तालाई सम्पर्कमा आउन उनले अनुरोध गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा बिहानको ८ बजेसम्म ४८ दशमलब सात मिलिलिटर वर्षा भएको छ। धनगढीमा दिउसो पनि वर्षा जारी रहेको छ ।
फोटो फिचर









