धनगढी, ७ चैत/विगत १२ घण्टामा देशभरजसो वर्षा भएको छ भने अहिले पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार देशका कतिपय स्थानमा झरीजस्तै निरन्तर पानी परेको छ। अहिले कतिपय स्थानमा वर्षा रोकिएको छ भने सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका एकरदुई स्थानमा भने पानी परिरहेको छ।
‘विगत १२ घण्टामा देशका सबै प्रदेशका केही स्थानमा वर्षा भएको छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘अहिले अलि ठूलै प्रणाली पानी पर्ने भित्रिएको छ, पूरै नेपाल कभर गरेको छ।’ मौसम पूर्वानुमान महाशाखका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली पूरै आकाशमा बादल रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ , हावाहुरी रअसिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
काठमाडौँ उपत्यकामा भने अहिले वर्षा रोकिएको छ। दिउँसो पुनः हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्। ‘दिउँसो मेघगर्जनरचट्याङसहित वर्षा हुने देखिएको छ’, उनले भनिन्, ‘हावाहुरीको पनि सम्भावना छ।’ काठमाडौँमा त्रिुभवन विमानस्थलस्थित मौसम महाशाखाको स्टेसनमा विगत २० घण्टामा ९.२ मिलिमिटर वर्षा भएको देखाएको मौसमविद् नगरकोटीले जानकारी दिइन्। यसैबीच आज बिहान ६:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.८ डिग्री सेल्सियस देखिएको मौसमविद् नगरकोटीले जानकारी दिइन्। आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे सार्वजनिक गरिने उनले बताइन्।
मौसम महाशाखाका अनुसार आज राति पनि आंशिकदेखि सामान्य बदली ९धेरैजसो आकाशमा बादल० रहने छ। देशको पहाडी भेगका थोरै स्थानमा तथा तराई भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीरअसिनासहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सुदूरपश्चिममा सोमबार रातिदेखि मेघगर्जन र चट्याङ
धनगढीमा वर्षा भइरहेको छ। सोमवार रातिदेखि धनगढी लगाएतका क्षेत्रमा वर्षा भइरहेको हो। स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले धनगढीसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा वर्षा भएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भाग र तराई भू–भागका थोरै स्थानहरुमा चट्याङ्ग, हावा–हुरी, असिनासहित वर्षाको सम्भावना रहेको बताएको छ। महासाखाले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ।
मंगलबार दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ्ग, हावा–हुरी, असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ। राति पहाडी भू–भाग तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग, हावा–हुरी, असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार बुधवार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बिहिवार देशका पहाडी भुभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
