धनगढी, ५ चैत/कैलालीको महुन्याल बहुमुखी क्याम्पसमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अर्जुन खत्री विजयी भएका छन्।
२५ मतसहित उनी विजयी भएका हुन। नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका वीरेन्द्र भण्डारीले २४ मत पाएका छन्। भण्डारी भन्दा खत्रीले एक मत बढि पाएर विजयी भएका हुन्। एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका सुनिल कुमार चौधरीले १४ मत पाएका छन्।
स्ववियुको सचिवमा नेविसंघका ज्ञानबहादुर खातीले २४ मत पाएर विजयी भएका छन्। कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी कुमारी चौधरीले २८ मत पाएर विजयी भएकी छन।